तीव्र गतिमा घट्दै सलमान, सोनाक्षी, आलिया र करणका फलोअर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

तीव्र गतिमा घट्दै सलमान, सोनाक्षी, आलिया र करणका फलोअर



एजेन्सी- अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउड यतिबेला परिवारवाद र गुटबन्दीका लागि आलोचित भइरहेको छ।

यसमा ठूला स्टार र ब्यानरको नाम जोडिएको छ। परिवारवाद र गुटबन्दीको नाममा विशेषगरी यसराज फिल्मस्, सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा, सोनम कपुर लगायतका कलाकार र सिनेमा निर्माण कम्पनीको सार्वजनिक रूपमा आलोचना भइरहेको छ।

कंगना रनौट, अभय देवल, रविना टण्डन, सोनु निगम, अदनाम सामी लगायतका कलाकारले बलिउडमा परिवारवाद व्यापत रहेको र यसले गुटबन्दीलाई बढवा दिइएको जसका कारण गैरफिल्मी पृष्ठभूमिबाट आएका कलाकारलाई पेल्ने, कामबाट निकाल्ने र काम गर्न नदिनेसम्मका काम हुने गरेको खुलासा गरेका छन्।

सामाजिक संजालहरूमा सुशान्तको आत्महत्याको कारण पछाडी उनको व्यक्तिगत समस्याका कारण नभई बलिउडको केही परिवार र व्यक्तिमा सिमित सिनेमा सिण्डिकेटको मुख्य हात रहेको धारणा मुखरित भइरहेको छ।

यसैको असर परिवारवादमा मुछिएका बलिउड स्टारको सामाजिक संजालका ह्यान्डलहरूमा देखिन थालेको छ।

सलमान, करण, आलिया र सोनाक्षी लगायतकाको फलोअर इन्स्टाग्राममा तीव्र गतिमा घटिरहेको छ। यस सूचिमा सबैभन्दा माथि सलमान खानको नाम रहेको छ।

एकसाता अघिसम्म सलमानको इन्स्टाग्राममा ३३.९ मिलियन फलोअर रहेकोमा हाल सो संख्या घटेर ३३.४ मिलियनमा झरेको छ।

यसैगरी निर्माता तथा निर्देशक करण जोहरलाई ३ लाख ३० हजार बढीले ‘अनफलो’ गरेका छन् भने सोनम कपुरलाई १ लाख ७० हजार बढीले ‘अनफलो’ गरेको पाइएको छ।

यसैगरी एकसाता अघिसम्म आलियाको ४८.३ मिलियन फलोअर रहेकोमा हाल त्यो घटेर ४७.३ मिलियनमा झरेको छ भने सोनाक्षी १८.६ मिलियनबाट घटेर १८.४ मा पुगेको छ।