पर्यटकिय स्थल वनाउन फुटवल प्रतियोगिता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पर्यटकिय स्थल वनाउन फुटवल प्रतियोगिता



कपिलवस्तु, ३० भदौ । कपिलवस्तुको शिवगढीमा खुल्ला कम नक आउट पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको छ ।
विजयदशमि तथा शुभलिपावलि सवैमा हाम्रो शुभकामना,एतिहासिक तथा धार्मिक स्थल शिवगढी लाई पर्यटकिय क्षेत्र वनाउने हाम्रो चाहान भन्ने नारा सहित आयोजित प्रतियोगितामा १९ टिम सहभागी भएको आयोजकले जनाएको छ ।

गोल्डेन स्टार युवा क्लवको आयोजनामा भएको उक्त खेलको उद्धघाटन गर्दै वडा सचिव प्रेम वलीले खेल युवाको लागि आवश्यक रहेको वताउदै युवा आफै सक्रिय भएर प्रतियोगिता आयोजना गरेकोमा खुसि व्यक्त गरे ।वलीले शिवगढी आफैमा एक पर्यटकिय स्थल रहेको भएपनि प्रचार प्रचारको अभावले ओझेलमा परेको वताए ।यस्ता खेलले प्रचार प्रचारमा महत्वपुर्ण भुमिका हुने र आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए । खेललाई सव्य भव्य मर्यादित ढङ्ग वाट सम्पन्न गर्नुपर्ने वताए ।

कार्यक्रममा वोल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले शिवगढी क्षेत्रलाई शिवराज नगरपालिकाले प्राथकिमतामा राखेर विकाश गर्नेपर्ने वताए । खेल क्षेत्रमा पनि शिवगढी अग्रस्थानमा रहेको वताउदै राष्ट्रिय स्तरको खेलमा लाग्न खेलाडीलाई सुभाव दिए ।
कार्यक्रमको पहिलो दिन शिवशक्ती युवा क्लव कलौनी र सुर्यमुखी युवा क्लव विजगौरी विच प्रतिष्प्रधा भएको थियो ।