साफ अन्डर १८ फुटबल च्याम्पियनसिप विजेता टिम आज स्वदेश फर्कदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साफ अन्डर १८ फुटबल च्याम्पियनसिप विजेता टिम आज स्वदेश फर्कदै



आश्विन १२,  साफ अन्डर १८ फुटबल च्याम्पियनसिप विजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदैछ ।

भुटान भएको दोस्रो संस्करणको प्रतियोगितामा उपाधि रक्षा गर्न सफल टोली आज दिउँसो पानै एक बजे काठमाण्डौमा उत्रने कार्यक्रम छ

उपाधि विजेता खेलाडीको स्वागतका लागि फुटबल पदाधिकारी तथा समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थल पुग्ने तयारी गरेका छन् ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उपाधि विजेता टोलीलाई नगद सहित सम्मान गरिने बताउनुभयो । अध्यक्ष श्रेष्ठले एन्फाको आगामी कार्य समिति बैठकले खेलाडीलाई प्रदान गरिने रकमको बिषयमा निर्णय गर्ने जानकारी दिनुभयो ।
नेपालले हिजो समुह चरणको अन्तिम खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गर्दै साफ अन्डर १८ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

समुह चरणको पहिलो खेलमा भुटानसंग अप्रत्यासित रुपमा १–० ले पराजित भएको नेपालले त्यसपछि प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।