फ्रान्सका राष्ट्रपतिको घोषणा: घरभाडा र कर छुट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फ्रान्सका राष्ट्रपतिको घोषणा: घरभाडा र कर छुट



काठमाडौं- तिब्र कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै धराशायी बनेको छ । ठूलाठूला होटल देखि हवाइजहाज कम्पनी, ब्यापार चौपट भएको छ ।

विद्यमान परिस्थितिलाई मध्यनजर गरेर फ्रान्सका राष्ट्रपतिले एउटा नयाँ कदम चालेका छन् । राष्ट्रपति म्याक्रोनले घरभाडा र कर दिने घोषणा गरेका छन् ।

घरभित्र सेल्फ क्वारान्टाइन भएका फ्रेन्चहरुका ब्यापार, जागिर र कार्यहरु धराशायी भएपछी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति म्याक्रोनले कोरोनाबिरुद्धको यूद्धमा भएको भन्दै घरभाडा, उपभोग्य बिल र करहरुमा कटौति गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले बताएका छन् ।

फ्रेन्चहरुले अहिले बाहिर निस्कन परेमा अनलाइनमा एउटा फारम डाउनलोड गरेर बाहिर जानुपर्ने कारण दर्शाउन पर्दछ, यसो नगरि बाहिर गएमा ३८ यूरोसम्मको फाइन लगाँउदछ ।

टेलिभिजनको लाइभ कार्यक्रममा राष्ट्रपतिले फ्रेन्चहरुलाई व्यायाम गर्न, कुकुर डुलाउन या औषधि लगायत अन्य सामानहरु किन्न जान दिइने बताएका छन् ।

यस अवधिमा कुनै पनि कर या पानी, बिजुली लगायतका शुल्क नलाग्ने, घरभाडा नलिइने र यूरोपी देशहरुसंग वोर्डर बन्द गरिने बताएका छन् ।

विश्वमा आफ्ना नागरिकको पीडा बुझेर यि घोषणा गर्ने राष्ट्रहरुको सुूचीमा फ्रान्सले एउटा उदहारण नै कायम गरेको बताइन्छ ।