फ्रान्सको सहज जीत: बन्यो समूह विजेता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फ्रान्सको सहज जीत: बन्यो समूह विजेता



काठमाडौं- विश्व विजेता फ्रान्स समूह विजेताका रुपमा युरोकप फुटबलको छनौट चरण टुंग्याउन सफल भएको छ । समूह एच मा रहेको फ्रान्सले आइतबार राति भएको छनौट चरणको अन्तिम खेलमा अल्बानियालाई २–० ले पराजित गरेको हो ।

विश्व विजेता तथा युरोपको साबिक उपविजेता फ्रान्सका लागि कोरिन्टिन तोलिसो र एन्टोनी ग्रिजम्यानले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । तोलिसोले ८ औँ तथा ग्रिजम्यानले ३१ औँ मिनेटमा गोल गरेका हुन् । तोलिसोले फ्रान्सबाट पहिलो गोल गरेका हुन् ।

जितपछि समूह विजेता बनेको फ्रान्सको १० खेलबाट २५ अंक भयो । यस्तै एन्डोरालाई २–० ले पराजित गरेको टर्की समूह उपविजेता बन्यो २३ अंकसहित ।

समूह एच अन्तर्गतकै खेलमा आइसल्याण्डले माल्डोभालाई २–१ ले पराजित गर्न सक्यो । १९ अंकसहित तेस्रो स्थानमा रहेको आइसल्याण्डले युरोकपमा स्थान बनाउनका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।