फ्री भिसा फ्री टिकटको मूल्य एक लाख भन्दा बढी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फ्री भिसा फ्री टिकटको मूल्य एक लाख भन्दा बढी



भदौ २०, काठमाडौं –

सरोकार वाला निकायलाई निशुल्क भिसा र टिकट अनुसार नेपाली कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ ।

कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।

विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्रि एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ ।