लायन्स र लियोले बनाए देवदहमा 'फ्रुट गार्डन' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लायन्स र लियोले बनाए देवदहमा ‘फ्रुट गार्डन’



रुपन्देही – रुपन्देहीको देवदह नगरपालिका -४ मा फलफुलको बगैंचा ‘फ्रुट गार्डन’ निर्माण गरिने भएको छ । लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा सृष्टि सामुदायिक वन परिसरमा रहेको बाँजो जग्गालाई सदुपयोग गरि विभिन्न जातका फलफुलका बिरुवा वृक्षारोपण गरि ‘फ्रुट गार्डन’ निर्माण गर्न लागिएको हो ।

लायन्स क्लब अफ बुटवल खस्यौली , लियो क्लब अफ बुटवल खस्यौली , लियो क्लब अफ बुटवल खस्यौली युथ र लियो क्लब अफ सैनामैनाको संयुक्त सहयोगमा शनिबार उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको प्रमुख अथिती देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङद्बारा आपको विरूवा वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै गुरुङले वृक्षारोपण गरिसकेपछि यसको रेखदेखमा पनि जुट्न क्लबलाई आग्रह गरेकी थिइन् ।

कार्यक्रममा आँप, अम्वा, कटहर, अमला लगायतका ५० वटा बिरुवाहरु रोपिएको लियो क्लब अफ बुटवल खस्यौली युथका अध्यक्ष होमनाथ सापकोटाले जानकारी दिए । अध्यक्ष सापकोटाले करिब ४ कठ्ठा जमिन रहेको उक्त ठाउँमा दीर्घकालीन रुपमा फलफुलको विरुवाहरु रोपि ‘ फ्रुट गार्डेन’ को रुपमा विकास गरिने जानकारी दिए ।

लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दीप तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जोन चियरपर्सन लायन बिनित भट्टराई , लियो जिल्ला परिषद ३२५ बि २ का निवर्तमान अध्यक्ष लियो सरोज कडेल लगायतको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष लायन राजु पौडेलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन लियो क्लब अफ लर्ड बुद्धको सचिव अनुष्का घिमिरेले गरेकी थिइन् ।