फनपार्क मिलेमतो : राज्य बेखबर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फनपार्क मिलेमतो : राज्य बेखबर



भदौ २५, काठामाडौं-

समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् ।

जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुण्का परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ बर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगाइ सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फनपार्कले ६४ रेपानी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार बर्षका लागि सम्झौता गरेको थियो ।
आजको नेपाल समाचारपत्रमा समाचार छ ।