फुट्यो कांग्रेस , हरिबोल भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

फुट्यो कांग्रेस , हरिबोल भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन



काठमाडौं, कार्तिक २।

नेपाली कांग्रेस पार्टी विभाजन भएको छ । कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (बीपी) नाम राखेर नयाँ पार्टीको घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गरेर नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस (बीपी) पार्टीको घोषणा गरेका हुन ।

नेता हरिबोल भट्टराईको नेतृत्वमा पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेता पुष्प पराजुली र देवेन्द्र पौडेल लगायतका नेताहरु कांग्रेस (बीपी) पार्टीमा आवद्ध छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति भट्टराईले नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित् गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको दावी गरे ।

नेता भट्टराईले भने, ‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागि जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं।’