गच्छदारले भगवतीलाई उछिन्ने संकेत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गच्छदारले भगवतीलाई उछिन्ने संकेत



सुनसरी–

 प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगको मतान्तर घटाएका छन्।

सुरुदेखि ‍ नै अग्रतामा रहेकी चौधरीसँगको मतान्तर २ सयमा झार्दै गच्छदारले दुरी छोट्याएका हुन्। विहान पाँच वजेसम्म ८ सयको मतान्तरमा रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री गच्छदार अहिले २ सय ७१  मतले पछि छन् ।

चौधरीले २७ हजार ७ सय १२ मत ल्याएकी छन् भने गच्छदारले २७ हजार ४ सय ४१ मत ल्याएका छन्। ६० हजार ६ सय ४४ मत गणना हुदाँ उनी झिनो मतले मात्र पछि परेका छन्।