बाँकेका सांसद चढेेको गाडी तोडफोड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाँकेका सांसद चढेेको गाडी तोडफोड



बाँके – बाँकेमा प्रदेश सभा सदस्य कृष्णा केसी छाडेक गाडी तोडफोड गरिएको छ । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य उनको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको हो  ।

प्रहरी चौकी घेराउ गरिरहेको समुहले केसी चढेकाे गाडीमा तोडफोड गरेको बताइएको छ । प्रहरी चौकी घेराउका क्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कँदै गरेको अवस्थामा घटना घटेको थियो  ।

नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेस सहित पक्राउ गरेपछि स्थानिय आक्रोशित हुँदै प्रहरी चाैकी घेराउ गरेका थिए ।

निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाइ दवाब दिएका थिए ।

केसी त्यहाँबाट अघि बढ्न खाेज्दा उहाँ चढेकाे गाडीमाथि ताेडफाेड भएकाे हाे । फाइल तस्बिर