कायरहरुले गगन थापामाथि नै आक्रमण गरे... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कायरहरुले गगन थापामाथि नै आक्रमण गरे…



काठमाडौं-

नेपाली कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गरि बम आक्रमण भएपछी सर्बत्र बिरोध भैरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापामाथि बम आक्रमण कसले गर्यो त्यो पछी खुल्दै जाला तर, यो अवस्थामा गगन थापा माथिनै आक्रमण हुनु चानचुने कुरा भने होईन ।

गगन थापा नेतामात्र होईनन करोडौं नेपालीका आशाका केन्द्रबिन्दु पनि हुन् त्यसैले जसले घटाएको भएपनि यो घटना निन्दनीय छ ।

हुनत जसलाई लक्षित गरीए पनि बम हान्ने जस्ता तल्लो स्तरका यी र यस्ता घटना निन्दनीय नै हुन । विरोधीहरुले गरेको यो हर्कतले गगन थापालाई नै फाईदा पुग्ने छ ।