राजनसँग अग्रता बढाउँदै गगन - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

राजनसँग अग्रता बढाउँदै गगन



काठमाडौं- काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले ४४४ मतले लिड गरेका छन् ।

गगनको २०२५ मत छ । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् ।

यहाँ राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत छ । त्यस्तै हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत छ ।