गगनलाई विश्वप्रकाशको बधाई सन्देश- अब प्रधानमन्त्री प्रस्ताव गर्नुछ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगनलाई विश्वप्रकाशको बधाई सन्देश- अब प्रधानमन्त्री प्रस्ताव गर्नुछ



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रभावशाली नेता विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन् ।

निर्वाचन जितेपछि शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै त्यस्तो बताएका हुन् ।

“जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ,” उनले फेसबुकमा लेखेका छन् ।

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट पुनः सांसद पदमा निर्वाचित भएका छन् ।

शर्मा झापा क्षेत्र नम्बर १ मा उमेदवार छन् । उनले फराकिलाे मतान्तरसहित अग्रता कायमै राखेका छन् । झापा १ मा मतगणना जारी छ ।