लिपुलेक प्रकरणबारे गगन र विश्वप्रकाशले मुख खोले - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लिपुलेक प्रकरणबारे गगन र विश्वप्रकाशले मुख खोले



काठमाडौँ- अन्य विषयमा चर्को भाषण गरेपनि लिपुलेकको विषयमा चुईक्क नाबोलेओ भन्दै आलोचित बनेका नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मुख खोलेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गगन-विश्वप्रकाशले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

पार्टीका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माणलगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको बताएका छन् ।

गत साता भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकको विषयमा दिएको एउटा भाषणबारे नेपाल सरकारले भने प्रतिक्रिया जनाएको छैन । अहिले सरकारले कानमा तेल हालेको भन्दै तिब्र आलोचना भैरहेको छ ।