गगनले भने: जे भनेको त्यहि भयो, सरकार अब त चेतौँ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गगनले भने: जे भनेको त्यहि भयो, सरकार अब त चेतौँ



काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन् ।

स्थानीय व्यक्तिमा समेत संक्रमण भेटिएकोले अब पनि परीक्षणको दायरा नबढाए गम्भीर संकट निम्तिने पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाई छ ।

आफूहरुले पटक–पटक परीक्षणको दायरा बढाउन माग गर्दा समेत सरकारले नसुनेझैँ गरेको उल्लेख गर्दै थापाले ट्विटरमा भनेका छन् ‘ आज एकजना स्थानीयमा संक्रमण भेटिएको छ। सरकार, अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ।’

उनले भनेका छन् ‘ हामीले निरन्तर भनिरह्यौँ, संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ ।’