गगन थापाको घोषणा: चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्छु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गगन थापाको घोषणा: चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्छु



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताउँदै यसै पटकको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

यहि संसदीय निर्चानपछि चुप्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने भन्दै गगनले अब पुस्तान्तरण फर्नैपर्ने भएको पनि बताएका छन् । कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनलाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनी सोधिएको थियो । कार्यक्रममा उनले तत्काल जवाफ फर्काएका छन्, ‘अफ कोर्स ।’

त्यसपछि उनलाई प्रतिप्रश्न गरिएको थियो, अहिल्यै ?

उनले भनेका छन्, हो अब सोच्नेमात्र होइन गरेर देखाउने हो । गगनले अब सोच्ने मात्र नभई प्रयास गर्ने बताए ।

‘कहाँ सोच्ने मात्र, यसपालि त प्रयास गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु,’ थापाले भने । उनले पहिले प्रधानमन्त्री भइसकेका नेताहरू अबको चुनावपछि दौडमा सामेल नहुन आग्रह गरे ।

थापाले भने, ‘उहाँहरू सबैप्रति मेरो सम्मान छ । तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन । अब हामीलाई मौका दिनुस् । हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ ।’