गगन थापाको चुनावी क्षेत्रमा एमालेको अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगन थापाको चुनावी क्षेत्रमा एमालेको अग्रता



काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

बुढानिलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्र हो ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।