गगन थापाले भने: राष्ट्रपतिलाई पार्टी बनाए, संस्थाको गरिमा सिध्याए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गगन थापाले भने: राष्ट्रपतिलाई पार्टी बनाए, संस्थाको गरिमा सिध्याए



काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले राष्ट्रपतिको गतिविधिबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार नभएको बताउँदै विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको प्रमुख भन्दै प्रश्न गरेका छन् ।

बुधबार नेकपाको बैठकले दुई अध्यक्षबीचको कार्यविभाजन र मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको विषयप्रति लक्षित गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई प्रश्न गरेका हुन् ।

नेता थापाले ट्वीट गर्दै लेखेका छन्, ‘यस्तै हो भने राष्ट्रपतिज्यूलाई ‘तपाईं राष्ट्र प्रमुख कि नेकपाको प्रमुख’ भनेर किन नसोध्ने ? संविधानतः राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार छैन।’प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै उनले थप लेखेका छन्, ‘गणतन्त्र ल्याउन नचाहनेहरुले नत गणतन्त्रमा राष्ट्रपति संस्था हो भनेर कहिल्यै बुझ्न चाहे न त त्यो संस्थाको गरिमा राख्न नै ?’