के चाहन्छन् गगन थापा ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

के चाहन्छन् गगन थापा ?



आधुनिक लोकतन्त्रका अपरिहार्य सर्त हुन् बलियो प्रतिपक्ष अनि जीवन्त नागरिक समाज । त्यसैले भनिएको हो, संसदको दायँ बस्नेसँग भन्दा बाँयातिर बस्नेतिर जनताको अपेक्षा बढी हुन्छ ।

कहाँ छ प्रतिपक्ष ? शिर्षकमा आजको नेपाल साप्ताहिकमा सन्तोष आचार्यको लेख छापिएको छ । जसअन्तर्गत कांग्रेस युवा नेता गगन थापाको अन्तवार्ता पनि छापिएको छ ।

प्रतिपक्षी भूमिका सम्हाल्ने हैसियतमा कांग्रेस कहिले आउँछ ? 
नेतृत्वले पराजयबाट निराश भएकालाई पुँजीकृत गर्न सकेको छैन । सानोतिनो प्रयासले कांग्रेसलाई रिभाइभ गर्न सकिँदैन ।

नेतृत्वबाट तपाईंले राखेको आशा के हो ? 
अब टालटुले र कर्मकाण्डी पाराले हुँदैन । कार्यशैली बदल्नुपर्छ । कांग्रेस बदलिएको आम जनताले अनुभूत गर्न सक्नुपर्छ । हामीलो आफ्ना मतदाता जोगाएर थप १५ लाख मतदाताले कांग्रेसलाई पत्याउने आधार खडा गर्नुपर्छ ।

यो कसरी सम्भव छ ? 
महाअभियान चाहिएको छ । पार्टीको सिद्धान्तमा पुर्नव्याख्या चाहिएको छ । संगठनको पूनर्निमाण आवश्यक छ । चारित्रिक शुद्धता र आचरणमा स्निग्धता चाहिएको छ ।

कांग्रेस कमजोर प्रतिपक्षी भयो भन्ने गुनासो छ नि ? 
स्थानीय सरकारमा हामीले जितेका ठाउँमा नयाँ स्ट्यान्डर्ड कायम गर्न सक्नुपर्छ । प्रतिपक्षी भूमिकामा पनि यही कुरा लागू हुन्छ ।

सरकार अतिवादी बाटोमा गएको हो ? 
कांग्रेसले सशक्त र प्रभावशाली प्रतिपक्षको भूमिका वहन गर्न सक्यो भने संविधानले परिकल्पना गरेको प्रतिस्पर्धाको राजनीति बलियो र संस्थागत भएर जान्छ । प्रतिपक्ष कमजोर भयो भने नेकपालाई अतिवादी बाटोतिर जान नकारात्मक ढंगले उत्प्रेरित गर्न सक्छ ।