मेरो लागि माला, खादा र बधाई छाप्ने काम नगरौँ : गगन थापा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेरो लागि माला, खादा र बधाई छाप्ने काम नगरौँ : गगन थापा



काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरिदिन आग्रह गरेका छन् ।

उनले मध्यमाञ्चल जाने क्रममा कोहलपुरमा ठुलो माला लगाइदिएपछि बाहिर आएका टिकाटिप्पणीका बारेमा यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । “मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वास्थ्य चौकी पुगें,” थापाले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्,“ढोकामा हिँड्दा हिँड्दै अकस्मात कोहलपुरबासीको तर्फबाट ठुलोमाला भन्दै माला पहिर्याइयो । मलाई यस्तो कुरा कहिले मन परेन र विनम्रतापुर्वक तत्काल हटाउन लगाएँ ।

” थापाले मन्चमा पुगेपछि कार्यक्रम आयोजना गर्नेलाई पनि यस्तो काम आफूलाई मन नपर्ने र फेरि नहोर्याउन आग्रह गरेको बताएका छन् । “मलाई मेरो जिम्मेवारी राम्रोसँग थाहा छ,” थापाले भनेका छन्,“के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने पनि राम्रोसँग थाहा छ ।

मालाको विषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद ! चिन्ता नगर्नुस् म यस्तो विषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि । तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोटी प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ । त्यसैले आफुले गल्ति नगरे पनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ । नचुकिकन मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ भन्दै आक्रोश ब्यक्त गरे ।