संघीयतामा चुनौती छ, त्यो भन्दा धेरै अवसर छ:- गगन थापा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

संघीयतामा चुनौती छ, त्यो भन्दा धेरै अवसर छ:- गगन थापा



 

हिमालपोष्ट/काठमाडौ, २७ माघ

स्वास्थ्यमन्त्री गगन थापाले देश संघीयतामा जान्छ कि जाँदैन भनेर भ्रममा नपर्न आग्रह गरेका छन् ।

काठमाडौमा दुई दिनसम्म चलेको सरकार र दातृ निकायको संयुक्त वार्षिक समिक्षा कार्यक्रमको समापनमा मन्त्री थापाले संघीयताको अर्को विकल्प नभएको बताए । उनले भने, ‘हामीसित अर्को विकल्प छैन । नेपाल संघीयताबाट फर्कँदैन र फर्कनु पनि हुँदैन । हामी यही बाटो जाने हो ।

संघीयतामा जाँदा चुनौतीहरुसँग अवसरहरु पनि आउने भन्दै अवसरलाइ कसरी लिने भन्ने महत्वपूर्ण भएको बताए । उनले अगाडि भने, ‘देश संघीयतामा जानु अगाडि यो ५/६ महिनाको अवधीमा थुप्रै निति टुङ्गयाउनु पर्नेछ । अन्थथा ७१९ स्थानीय तह रहे पनि कसले के गर्ने भन्नेमा अन्यौल हुनेछ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले संघीयतामा जाने क्रममा चुनौतीहरु धेरै हुने र नसोचेको कुरा हुन सक्ने भएकाले यसलाई युद्ध मैदानकै रुपमा विकास गरेर लैजानु पर्ने धारणा व्यक्त गरे ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा राजनीतिक स्तरदेखि नै चुनौती सुरु हुने भन्दै उनले संविधानले अधिकार प्रदान गरेसँगै भाग लगाउनुपर्ने चुनौती रहेको बताए । उनले भने, ‘हाम्रो जस्तो न्युन विकसित मुलुकमा संविधानले थुप्रै अवसर प्रदान गरेपनि कमजोर कार्यान्वयन पक्षका कारण जिम्मेवारी र अधिकारबीच ठूलो खाडल छ ।’

कार्यक्रममा स्थानीय विकास मन्त्रायलका सचिव केदारबहादुर अधिकारीले संघीय संरचनामा गाउँपालिका/नगरपालिकाले कस्तो सेवा दिने भन्ने कुरा अहिले नै निश्चित गरिनु पर्नेमा जोड दिए । उनले भने, सरकारको तहगत भूमिका प्रष्ट भइसकेको अवस्थामा काम, अधिकार तथा सहायता कसरी गर्ने भन्ने कुरामा स्पष्टता हुन आवश्यक छ ।