अब उठ्न सक्दैनन् राजन, गगनको जीत पक्का - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अब उठ्न सक्दैनन् राजन, गगनको जीत पक्का



काठमाडौं ४ मा गगन थापाले फराकिलो अग्रता लिएका छन् । जति मत भन्दै गयो त्यति अग्रता बढ्दै गएपछि गगन थापाको जीत सुनिश्चित जस्तै बनेको छ ।

मत गणना भइरहँदा यस क्षेत्रमा गगन र राजन भट्टराईको प्रतिस्पर्धा नै भएको छैन । थापा करिव ६ हजार मतले अगाडि छन् ।

पछिल्लो विवरण अनुसार थापाले १७५१६ मत पाएका छन् । नेकपा एमालेका राजन भट्टराईले ११९४८ मत ल्याएका छन् ।

काठमाडौं ४ अन्तरगत अहिलेसम्म बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२, १३ र काठमाडौंको वड नम्बर १ र ७ को गणना सकिएको छ ।