गायिका पौडेललाई ६ अभियोग .... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायिका पौडेललाई ६ अभियोग ….



मात्र छ अभियोगमा यो साता गायिका मन्जु पौडेललाई निम्ताएका छौ ,पढ्नुहोस् के के अभियोग लागेका छन् त गायिका पौडेललाई ….

प्रस्तुति :किंग खनाल 

हिरोइन जस्ती देखिने, दर्शकले उद्घोषीका भनेर चिन्ने, गीत गाएर रणभुल्ल पनि पार्ने,खासमा तपाईँ उद्धोषिका, गायिका, हिरोइन के हो ?

-हिहिही…….. राम्री पनि त छु नि हिरोइन जस्ती, एक्टिङ पनि राम्रो गर्छु, बेला बेला फिल्मको अफर नआको पनि होइन, उद्धोषिका भनेर त सबैले चिनेकै छन्, त्यो त मेरो पेसा नै हो, हज्जारौँ कार्यक्रम सञ्चालन पनि गरिसकेँ, रह्यो कुरा गायिकाको यो मेरो सोख हो, गीत गाएपछी दर्शक श्रोताले निकै मन पराइदिनुभो झन् गाउँ भन्ने हौसला मिल्यो जति गायो त्यति मन पराइदिनु भो त मेरो के दोष.. ? समग्रमा म तपाईँले भनेको सबै हुँ।

तपाईँका गीतमा कहिले क्वटर ,कहिले चुरोट, कहिले मुसाको छाउरो जस्ता शब्द हुन्छन्, केही कलाकारले लोकसंगीत माथि अन्याय गरिन मञ्जुले भन्छन् नि ?

-हेर्नुस्, ती शब्द छाडा होइनन, प्रयोग गर्न नमिल्ने शब्द पनि होइनन चुरोट रक्सी खाउँ भन्ने सन्देश पनि दिएको छैन र अर्को कुरा म आठारौँ सताब्दिको गायिका पनि त होइन अहिलेको जेनेरेसनले जे मन पराउँछ त्यो मैले गाएको हो । समय अनुसार प्याटर्न चेन्ज गरिएको हो र मैले लोक संस्कृतिलाई अन्यायमा पार्ने गरी केही गरेको छैन भन्नेहरुले भने भन्दैमा मैले यो आरोप स्विकार्दिन ।

उद्घोषीका हुँदा नेपालमा बस्ने .गायिका भएपछि विदेश मोह बढ्यो, नेपाललाई माया गर्न छाड्नुभयो भन्ने हल्ला छ नि ?

-खै हल्ला किन चलेछ ? कसले चलाएछ ? मेरो आफ्नै देश नेपाललाई माया कसरी मार्न सक्छु ? कार्यक्रममा त जहाँँबाट बोलायो त्यहाँ पुग्नै पर्‍यो, पहिले देखी नै विदेशका कार्यक्रममा जाने आउने त गरिरहन्छु, यी तपाईँले पनि नेपालमै भेट्नु भो, के यो विदेश हो र ? म नेपालकै कलाकार हो नेपालमै बस्छु कार्यक्रममा गएपनी फर्केर आफ्नै देश आउँछु । कसैले आफ्नो रोगजारी गुम्ने डरले हल्ला चलाएका होलान् हा हा हा….

आयोजक डराउँछन रे मञ्जु पौडेल भनेपछी, प्याकेज नै महङ्गो हुन्छ भन्छन् खासमा के हो ?

पहिलो कुरा त म सामाजिक कामको लागि गरिएका प्रोग्रामहरु बार्गेनिङ नै गर्दिन । तर, प्रशस्त नाफा कमाउने उद्देश्यले गरिएका कार्यक्रममा त राम्रै प्याकेज लिन्छु । अर्को कुरा सबै आयोजक डराउनु हुन्न, धेरैजसो आयोजकले त मलाई राम्रो सँग चिन्नुहुन्छ, अनि प्याकेजमा आत्तिएको भए कसरी मैले हज्जारौँ कार्यक्रम गरेँ त ल तपाईँ आँफै भन्नुहोस् ।कतिले त तपाईँ बोल्ड देखिनुहुन्छ तपाईँसँग कुरा गर्न पनि डर लाग्छ भन्नुहुन्छ महंगी उद्धोषिका भनेर न्युज पनि आए, त्यसैले पनि हल्ला चलेको होला ।

करिश्मा मानन्धर, कोमल बलि, रेखा थापा पछि तपाईँको पनि राजनीति तिर प्रवेशको हल्ला छ नि ?

-मेरो बिचरमा म अहिले पनि राजनीति गरिरहेकी छु, साङ्गीतिक राजनीति । मेरै क्षेत्रबाट पनि राज्यलाई समाजलाई खबरदारी गरिरहेकी छु।मलाई देश बनाउन दलगत राजनीति नै गर्नु पर्छ भन्ने लागदैन सबैले आफ्नो आफ्नो ठाँउबाट राम्रो काम गरे पुग्छ । आफ्नो राम्रो गर्दै समाजको अनि देशको राम्रो गर्ने हो, आफ्नो काम राम्रो गर्ने बानी बसालयौ  भने देश त त्यसै  राम्रो हुन्छ नि । होइन र ?

पैसा कमाएपछी घमण्डी बन्नु भएको हो?

मलाई धेरैले भन्नु हुन्छ तपाईँसँग त कुरा गर्न पनि अड लाग्छ देख्दै बोल्ड देखिनु हुन्छ तर, जसले सङ्गत गर्नु भएको छ ,उहाँहरू भन्नुहुन्छ कति सिम्पल तपाईँ ? म कसरी घमण्डी बन्न सक्छु यती कमलो मन भएको मान्छे जो छु, मैले कमाएको त दर्शक श्रोताको माया हो पुरै नेपाल रित्तो खल्ती हिन्दा पनि भोको बस्नु पर्दैन भन्ने लाग्छ बस उहाँहरूको माया भए मलाई पैसो कमाउने सोख छैन, र घमण्ड त छैन र हुँदैन पनि ।