गजल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गजल



यता कहिले उता कहिले उडेको छ!
अरे मनको पखेटा छैन के को छ?

झिकौँ झन् जिन्दगी नै सिद्दिने डर भो,
यसै राखौँ त बेलुन,काँडा बिझेको छ!

खुसी बन्ने कुरा हो ,हो खुसी नै छु,
दियो मेरो निभ्यो तिम्रो बलेको छ!

दिऊँ पनि दोष के कारण तिमीलाई,
होला पक्कै निको थोरै दुखेको छ!

ऊ केवल टाउको हल्लाउने जो हो,
न सुन्ने हो न उसले क्यै सुनेको छ!

प्रदिप रोदन
गोरखा