गजल: तिमी के गर्छौ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गजल: तिमी के गर्छौ ?



-रस्मिला कवाङ ‘रश्मि’

मन नै त हो आखिर बेइमान भए तिमी के गर्छौ ?
तिमी मेरो, म तिम्री भाव भान भए तिमी के गर्छौ ?

बेवास्ता गरेथें , ढिपी गर्‍यौ तिमीले दिलोज्यान लगाएर
यसै गरी नमेटिने प्रीतको पहिचान भए तिमी के गर्छौ ?

माया नै माया दियौ, खुसी त अझै धेरै नै
बदलामा छुची भई अपमान भए तिमी के गर्छौ ?

वारी छौ तिमी अनि म छु पारी यति ठुलो संसारको
कुनै दिन नाता कहीँ अवसान भए तिमी के गर्छौ ?

नजिकिँदै छ यो साथ झन् झन् दिन प्रतिदिन
कहिल्यै नभेटिने हामी दोभान भए तिमी के गर्छौ ?

मनमा तिमी, मुटुमा तिमी, तिमी नै छौ आँखाभरि
यही ओठको मिठो मुस्कान भए तिमी के गर्छौ ?

बाँच्न सारै गाह्रो भयो तिमीबिना अचेल मलाई
गाढा माया तिमीलाई अनि धनवान् भए के गर्छौ ?

आऊ न मायालु हजुर अब त सपनीमै भए पनि
मायाप्रेम हाम्रो यो केवल उखान भए तिमी के गर्छौ ?

‘रश्मि’ त झुल्किन्छ अस्ताउँछ प्रकृतिको रीतजस्तै
ज्योतिबिना अँधेरीमै बिहान भए तिमी के गर्छौ ?

रस्मिला कवाङ “रश्मि”, जर्मनी