गाजियाबादमा हिमालय सहकारीको वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गाजियाबादमा हिमालय सहकारीको वार्षिक उत्सव सम्पन्न



हिमाल पोस्ट /गजियाबाद ,चैत्र ३० 

भारतको उत्तर प्रदेशको गाजियाबादमा प्रवासी नेपालीहरुद्वारा स्थापित हिमालय सहकारी बचत समूहको वार्षिक उत्सव मंगलबार सम्पन्न  भएको छ ।

उक्त वार्षिक उत्सवको अवसर पारेर समुहमा आवाद्ध सदस्यहरुमा बर्ष भरिको मुनाफा बाडीएको थियो भने उत्कृष्ट सदस्यको रुपमा मेहर सिंह बस्नेतलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।

बस्नेत पिपलधारा गाउँपालिका २ गुल्मी स्थाई घर भई रोजगारीको सिलसिलामा लामो समय देखि गाजियाबादामा बसोबास गर्दै आएका छन् ।उनि पिपलधारा  चौतरी विश्व सञ्जाल गुल्मीको कार्यसमितिमा समेत आवद्ध छन् ।

सुपा देउराली टुर एण्ड ट्रावल्सको कार्यलयमा   दिल खत्रीको अध्यक्षता ,महासचिब राजु कुँवरको संचलान र बिष्णु पोख्रेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो  ।