गल्तीले खातामा १ करोड ३८ लाख जम्मा भएपछि... - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गल्तीले खातामा १ करोड ३८ लाख जम्मा भएपछि…



एजेन्सी । एक जोडीको बैंक खातामा गल्तीले १ करोड ३८ लाख रुपैयाँ आयो । अमेरिकाको पेन्सिलभानियाको एक जोडीले त्यसरी आएको रकम खर्च गरेको छ ।

बैंकको गल्तीले खातामा १ लाख २० हजार डलर झण्डै १ करोड ३८ लाख नेपाली रुपैयाँ जम्मा भयो । पुसिलकाअनुसार जोडीले सूचना नदिएर सबै पैसा खर्च गरेर सकिदिएको छ ।

प्रहरीले उनीहरु विरुद्धमा अदालतमा मुद्दा चलायो । रोवर्ट र टिफिनी विलियम्सले आफूले आफ्नो खाताको रकम खर्च गरेको तर्क गरे । उनीहरुले दुईवटा महंगा कार, एउटा महंगो कार ट्रेलरलगायतका सामाग्री किनेका थिए ।

बैंकले अरु कसैको खातामा रकम राखिदिनु पर्नेमा उक्त जोडीको खातामा गल्तीले रकम राखेको थियो । पैसा पाउनु पर्ने व्यक्तिले पैसा नपाएको भन्दै बैंकमा सम्पर्क गरेपछि गल्ती सार्वजनिक भयो ।

टिफिनी विलियम्सले १५ हजार डलर आफ्नो साथीलाई अत्यावश्यक कामका लागि दिएको पनि जानकारी दिएकी छन् ।

दुबैजनालाई आफ्नो पैसा नभएको जानकारी भएरै रकम खर्च गरेको आरोप लागेको छ । उनीहरुले अदालती वयानमा पनि गलत सल्लाहका कारण आफूहरुले खर्च गरेको स्वीकार गरेका छन् । त्यसैले उनीहरु २५ हजार डलर धरौटीमा रिहा भएका छन् ।