गमक्क पार्दै ओलीले भने मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गमक्क पार्दै ओलीले भने मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !



काठमाडौं– उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् ।

उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीसँग सञ्चारकर्मीले उपचार र स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’

प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

शुक्रबार नै स्वदेश फर्किने भनिएका ओली अस्पतालबाट स्वास्थ्य जाँचको रिपोर्ट आउन ढिलाइ भएपछि सोमबार मात्रै स्वदेश फर्किएका हुन् ।

ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो ।

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

छाउनीमा जाँच गरिएपछि प्रधानमन्त्री ओली निजी चिकित्सक समेतको साथमा उपचारका लागि सिंगापुर गएका थिए ।