सेना लगाएर रुपन्देही २ को मतगणना गरिँदै, दलहरूले गरे बहिष्कार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सेना लगाएर रुपन्देही २ को मतगणना गरिँदै, दलहरूले गरे बहिष्कार



रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो ।

अहिले सेना र प्रहरीको रोहबरमा गणना सुरु भएको छ । दलका प्रतिनिधिहरूले बहिष्कार गरेर निस्किएपछि निर्वाचन आयोगले जबर्जस्ती गणना गरिरहेको छ ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि विभिन्न दलका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका थिएनन् । दिनभर रोकिएको गणना साँझ आयोगको निर्देशन भन्दै सुरक्षा घेरामा गरिएको छ ।

मतदान अधिकृतले भने मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको दाबी गरेका छन् ।

८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको थियो ।

फर्जी, हस्ताक्षर बिनाका र मुचुल्कामा लेखिएको संख्याभन्दा बढी मतपत्र भेटिएको भन्दै पुनः निर्वाचन गर्न माग गर्दै दिउँसो ९ दलले विज्ञप्ति जारी गरेको थिए ।

तर आयोगले भने सुरक्षा बढाएर भएपनि गणना गर्नु भन्दै उर्दी गरेपछि प्रहरी र सेनाको घेराभित्र कर्मचारीले गणना गरिरहेका छन् ।