मतगणना सकिनै लाग्दा इलाम २ मा तनाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मतगणना सकिनै लाग्दा इलाम २ मा तनाव



काठमाडौँ- इलाम २ प्रतिनिधि सभाका लागि भइरहेको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको थियो ।

मतगणना स्थगित भएपछि अहिले त्यहाँ स्थिति तनाव ग्रस्त भएको बताइएकाे छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार यहाँ नेकपा एमाले नेता सुवास नेम्वाङ १३० मतले अगाडि थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई १३० मतले पछि पार्दै उनी अघि थिए ।

इलाम वडा नम्बर ३ को गणना सकिन बाँकी रहेको थियो । हालसम्मको मतगणना अनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा खड्काले २९ हजार ५ मत पाएका छन् ।