सरकार ! आज कतिऔँ गणतन्त्र दिवस हो ?? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकार ! आज कतिऔँ गणतन्त्र दिवस हो ??



काठमाडौं- आज गणतन्त्र दिवस । संसारभर महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण घरबाट नै गणतन्त्र दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

गणत्रन्त्र दिवसको दिन राष्ट्रका प्रमुख तथा शिर्ष नेताहरूले शुभकामना संदेश दिने चलन छ । तर, संदेश प्रवाह गर्दा जनतालाई नै भ्रम सृजना हुनेगरी संदेश दिएको भने यो पहिलो घटना नै होला ।

राष्ट्रप्रमुख र प्रधानमन्त्रीले दिएको सन्देशमा जनता झुक्किएका छन् । र यसको चर्चा सामाजिक संजालमा सुरू भएको छ । कतिऔँ गणतन्त्र हो भन्ने नै राष्ट्रका शिर्ष व्यक्तिहरूबाट फरक फरक तथ्यांक आएपछि यो बहस सुरू भएको हो ।

हुन त यसअघि पनि निकालिएका विज्ञप्ति र पत्रहरूमा विभिन्न त्रुटीहरू भएकै हुन् तर गणतन्त्र दिवस नै सार्ने गरी भएको गल्ति भने सामान्य होइन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा १३ औँ गणतन्त्र दिवस उल्लेख गरिएको छ । तर प्रधानमन्त्री ओलीले दिएको सन्देशमा भने १२औँ गणतन्त्र दिवस उल्लेख गरिएको छ । यसले जनतामा भ्रम सृजना भएको छ । अर्कातिर नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले दिएको सन्देशमा १३ औं गणतन्त्र दिवस उल्लेख गरिएको छ ।

राष्ट्रकै शिर्ष व्यक्तिको सन्देशमा गणतन्त्र दिवस नै गन्जागोल भएपछि जनताले भन्न थालेका छन् ‘मेरो सरकार यो कतिऔँ गणतन्त्र दिवस हो ?’

यस्तो छ राष्ट्रपति भण्डारीले जारी गरेको सन्देश

प्रधानमन्त्री ओलीले जारी गरेको सन्देश

नेकपा कार्यवाहक अध्यक्ष प्रचण्डले दिएको सन्देश