गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान



काठमाडौँ, जेठ ९ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान गर्नुभएको छ ।  सोमबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यसलाई औपचारिकतामा मात्र सीमित हुन नदिने बताउनुभयो ।

‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो ।  यसलाई हामीले औपचारिकताभन्दा माथि उठेर जनताको सहभागितामा मनाउनुपर्छ,’ बैठकमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, ती सुझावलाई समेटेर यसलाई भव्य रूपमा मनाऔँ ।

प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न भएको विश्लेषण गर्दै अब दोस्रो चरणको तयारी तीव्र बनाउनुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न भएको छ ।  सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर छ । ’

जेठ १५ गते १० औँ गणतन्त्र दिवस हो ।  २०६५ सालमा जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र नेपाल घोषणा गरिएपछि प्रत्येक वर्ष उक्त दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आएको छ ।  बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायत उपस्थित हुनुभएको थियो ।