गण्डकीमा पनि गठबन्धनका सांसदले गरे अन्तर्घात: एमालेलाई दिए मत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गण्डकीमा पनि गठबन्धनका सांसदले गरे अन्तर्घात: एमालेलाई दिए मत



पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै सांसदले नै एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । गण्डकीमा गठबन्धनका सांसद ३१ जना थिए । तर, महिलातर्फको गणना हुँदा दुवै उम्मेदवारले २९/२९ जनाको १३९२ मतभार पाएका छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ गरी कुल ३१ सांसद गठबन्धनमा थिए । एमाले एक्लैसँग २७ सांसद थिए ।

तर, एमाले उम्मेदवार लिला थनेत र काङ्ग्रेसकी कमला पन्तले २९/२९ मत पाएका हुन् ।

स्थानीय तहमा पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि थिए । तर, ५ जना जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिएको खुलेको छ ।

स्थानीय तहमा भने कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मतभार १६९२ हुन आउँछ । कुल ३०८४ मत उनी विजयी भएकी छन् ।

६९ जनप्रतिनिधि रहेको एमाले उमेदवार थनेतले भने ७४ जनप्रतिनिधिको १३३२ मतभारसहित कुल २७२४ मतभार पाएकी छन् ।