प्रेमगीतमा गणेश र एनिको रोमान्स (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रेमगीतमा गणेश र एनिको रोमान्स (भिडियो सहित)



हिमालपोष्ट/काठमाडौं,१९ माघ

लामो समय देखि फिल्म क्षेत्रमा प्राबिधिक, सह निर्देशन र कलाकारिता प्रदर्शन गर्दै आएका प्रतिभा गणेश अधिकारी र चलचित्र “ब्रह्मा”की नायिका एनि कुँवरले मोडलिङ गरेको रोमान्टिक गीत (हावा सँगै) को भिडियो आज श्रीपञ्चमीको दिन सार्बजनिक गरिएको छ।

फेब्रुवरी प्रेमी जोडिहरुको महिना भएकोले नयाँ तथा पुराना प्रेमी जोडिहरुलाइ लक्षित गरि सार्बजनिक गरिएको उक्त गीतमा दर्शकहरुले निकै नै मनोरञ्जन पाउने उक्त गीतका मोडल गणेश अधिकारीले हिमालपोष्ट लाई बताए।

यूबि फिल्म्स ग्यालरीको ब्यानरमा निर्माण गरेको उक्त गीतमा गायक तथा संगितकार डिपि निरेशाको स्वर तथा संगीत रहेको छ, भोमन कटुवालले निर्देशन गरेका छन भने जनक चौधरीले छांयाकन गरेका छन् ।

राम्रो स्कृप्ट पाए फिल्म खेल्ने तयारीमा रहेका गणेश अधिकारी नेचुरल रोमान्टिक भिडियोको खडेरी लागेकोले यो भिडियो बनाएको बताउछन।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=povXyAbcf5s&sns=em