३२ सय किशोरीले गर्भपतन गर्छन काठमाडौंमा प्रत्येक वर्ष - Himal Post Himal Post
  • २८ चैत्र २०८०, बुधबार
  •      Wed Apr 10 2024
Logo

३२ सय किशोरीले गर्भपतन गर्छन काठमाडौंमा प्रत्येक वर्ष



काठमाडौं-

उपत्यकामा बर्सेनी २० बर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् ।

असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

सरकारले २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्यमा धेरै समस्या
कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी देखिएको छ । गर्भपतन गराए पछि पुन समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउनेको संख्या धेरै छ ।
आर्थिक बर्ष ०७१ ७२ मा १४ प्रतिशत

०७२ ७३ मा २६ प्रतिशत र

०७३ ७४ मा २४ प्रतिशत किशोरी गर्भपतनपछि समस्या लिएर उपचारका लािग अस्पताल जाने गरेका छन् ।