अर्घाखाँची जिल्लाको जलुकेमा भिषण आगलागी, तीन घरगोठ जलेर नष्ट, करीव २० लाखको क्षती - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अर्घाखाँची जिल्लाको जलुकेमा भिषण आगलागी, तीन घरगोठ जलेर नष्ट, करीव २० लाखको क्षती



हरि प्रसाद भुसाल र पौष ८,अर्घाखाँची

अर्घाखाँची जिल्लाको जलुकेमा आज भीषण आगालागी भएको छ ।जलुके २ भाडगाउँ निवासी चेतबहादुर रानाको घरबाट सल्किएको आगोले मोहन सिंह राना र लेखबाहादुर रानाको घरगोठ जलेर नस्ट गरेको हो ।

आगलागी कारण तीन घरगोठ जलेर नष्ट भएका छन् । आगलागी पछि घटनास्थलमा सयौं जनता उपस्थित भएको भएपनि पानीको अभावमा आगो नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताएका छन् । दिउसो करीव २ वजेबाट शुरु भएको आगलागी करीव पाँच वजेतिर नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण मानविय र पशु चौपायाको क्षती हुन नपाएपनि लत्ताकपडा, खाद्यान्न लगायतको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीका कारण घरगोठ गुमाएका पिडितहरुले अहिले छिमेकी आफन्तजनकोमा आश्रय लिइरहेको त्यहाँबाट स्थानीय शिक्षक शिवलाल अधिकारीले जानकारी दिएका छन् ।