काठमाडौंमा जर्मन नागरिक अचेत अवस्थामा भेटिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंमा जर्मन नागरिक अचेत अवस्थामा भेटिए



काठमाडौं – काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा उनी अचेत अवस्थामा भेटिएका हुन् ।

आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए ।

अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको छ ।