गाँउको विकासमा सहयोगका लागि पहल गर्छु : थापा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गाँउको विकासमा सहयोगका लागि पहल गर्छु : थापा



 सपना अधिकारी पोखरा ०८, माघ

स्याङजा जिल्ला नेपाली कांग्रेस भाटखोला गाँउ कार्य समितिद्धारा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा क्या.चित्र बहादुर थापा, सुबेदार जित बहादुर थापा, तिल बहादुर थापा, हरिकला थापा, पातली परियार, सम्झना परियार, देवी गुरुङ लगायत गरि ९५ जना रहेको नेपाली कांग्रेस गाँउ कार्यसमिति भाटखोलाका सभापति एवं पुर्व डिएसपी लाल बहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नः १ का सांसद राजु थापाले अविर लगाई पार्टी प्रवेश गराउनुभएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद थापाले गाँउको विकासमा सहयोग गर्नुका साथै खड्केटारी ठुलाडि हुँदै देउरालीसम्म जोड्ने मोटरबाटो निर्माण तथा पिप्ले खेल मैदान नजिक खोलामा मोटरेवल पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा कांग्रेस भाटखोला गाँउकार्य समितिका सभापति एवं पुर्व डि.एस.पी लाल बहादुर अधिकारीले गाँउको विकासमा सहयोग गरिदिन सांसद थापासमक्ष अनुरोध गर्नुभएको थियो ।

त्यस्तै नेपाली कांग्रेस भाटखोला गाँउ कार्यसमितिका पुर्व सभापति प्रेम बहादुर अधिकारीले नवप्रवेशीहरुलाई स्वागत गर्दै कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कांग्रेस भाटखोला गाँउ कार्यसमितिका सभापति लाल बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातन्त्रका सेनानी नेपाली कंग्रेसका नेता तारापति सुवेदी, नेपाली कांग्रेस गाँउ कार्य समिति आरुर्खकका सभापति नारायण पौडेल, पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नुभएका सुबेदार जित बहादुर थापा लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शोभा थापाले गर्नुभएको थियो ।