गौचनको हत्यामा प्रयोग भएका २ मोटरसाइकल बरामद - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गौचनको हत्यामा प्रयोग भएका २ मोटरसाइकल बरामद



काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको २० दिन बितिसक्दा घटनाका दोषीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यामा प्रयोग गरिएको आशंकामा प्रहरीले दुई वटा मोटरसाइकल भने बरामद गरेको छ।

निर्माण व्यवसायी गौचनको गत असोज २३ गते गोली हानी हत्या भएको थियो । शान्तिनगरस्थित घरबाट निस्किएलगत्तै गाडीमै उनलाई गोली हानिएको थियो । हत्यापछि अभियुक्तहरु दुई वटा मोटरसाइकलमा भागेका थिए । तिनै मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले काठमाडौंका फरार गुन्डा समिरमानसिंह बस्नेत लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ। बस्नेतका सहयोगी लोप्साङ तामाङले घटना लगत्तै हत्याको जिम्मेवारी लिएका थिए ।

तीन साता हुन लाग्दा पनि प्रहरीले गिरोहका कसैलाई पक्राउ गर्न सकेको छैन । हत्यामा संलग्न व्यक्तिहरुले प्रहरीबाट जोगिन इन्टरनेट कल गरेकाले पनि अभियुक्तहरु पहिचान गर्न ढिला भएको प्रहरी अधिकारी बताउँछन्।