गौचन हत्या प्रकरणका मुख्य योजनाकार कहाँ होलान् ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गौचन हत्या प्रकरणका मुख्य योजनाकार कहाँ होलान् ?



काठमाडौं-

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए ।

आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरेको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।