एकाबिहानै आक्रमणकारी गाउँपालिका अध्यक्षको घर पुगेपछि... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकाबिहानै आक्रमणकारी गाउँपालिका अध्यक्षको घर पुगेपछि…



तुलसीपुर । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल संयोगले बाँचेका छन् । आक्रमण गर्न बिहानै घरमा आएका नकावधारी समुहबाट संयोगले बाँचेको उनले बताएक छन् ।

बिहिबार बिहान पाँच बजे अध्यक्ष पौडेललाई खोज्दै घरमा तीन जनाको समूहमा गएका नकावधारी समूहले नभेटाएर फर्किएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।

सधै जसो बिहानै उठेर भैंसी दुहुने, घाँसपात, गर्ने, दाना पकाउने र मलसोतर गर्ने पौडेलको समयलाई मध्यनजर गरेर नकावधारी समूह बिहानको पाँचै बजे घरमा पुगेपनि अधयक्ष पौडेल भेने संयोगबस त्यो भन्दा आगबै घरबाट निस्किएका थिए ।

जसका कारण आज्ञात समूहको निशानाबाट अध्यक्ष बच्न सफल भएका छन् ।

अध्यक्ष पौडेलाई नदेखेपछि आज्ञात समूहले तेरो श्रीमान कहाँ छ भन्दै श्रीमती कमला पौडेलाई लछारपछार गर्दै मोबाइल समेत खोसका थिए ।

घरका सबै कोठा खानतलासी गरेर नभेटेपछि सो समूह फर्केर गएको कमला पौडेलले जानकारी दिइन् । सबै थाहा पाएको मान्छेले सुनियोजित रुपमा आफुको ज्यान लिने प्रयास गरेको भन्दै अध्यक्ष पौडेलले कुनै कारण भए कार्यालयमा वा घरमा आएर कुरा गर्न आग्रह गरे ।

‘अघिपछि मैलै उठेर भैसी दुने, घाँसपात, मलसोतर दानापिरो गर्थे,’ अध्यक्ष पौडेलले भने, ‘त्यहि मौका पारेर आतंकारी समूह आएको हो तर त्यो भन्दा पहिला नै म निस्किसकेकाले संयोगले बाँचे ।’

यता जिल्ला प्रहरी कार्यालय दाङले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । घटनाको जानकारी पाए लगतै अनुसन्धान सुरु गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले केका लागि कसले आतंकित फैलाउन खोजेको हो सो समबन्धमा अनुसन्धान अघि बढाएको बताए ।

अध्यक्ष पौडेलको घरदेखि करिब एक किलोमिटर टाढाको दुरीमा रहेको हापुरे बजारमा पेस्तोलको गोली समेत भेटिएकाले त्यसको पनि अनुसन्धान भएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।