गौरिगङ्गा कप फुटबल प्रतियोगिता सुरु , धनगढीले आयोजकलाई ३-० ले हरायो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गौरिगङ्गा कप फुटबल प्रतियोगिता सुरु , धनगढीले आयोजकलाई ३-० ले हरायो



हिमाल पोस्ट 
सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा
प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिता अन्तरगतको पहीलो खेलमा धनगढी टेक्नीकल कलेजले आयोजक गौरिगङ्गा ११ स्पोर्ट्स क्लबलाई ३ – १ ले पराजित गर्दै धनगढीले विजयी सुरुवात गरेको छ ।

धगढीको जितमा आकाश चन्दले पहिलो हापको ३२ मीनेटमा गोल गरेका थिए भने दोस्रो हापको १५ र ३४ मिनेटमा हरी चौधरीले २ गोल गरेका थिए । आयोजक गौरिगङ्गा ११ लाई भने खेल सकिन् ३ मिनेट बाकी रहदा भुपेन्द्र बुढाले सान्त्वना गोल गरेका थिए ।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित सुरुभएको फुटबल प्रतियोगीताको एक कार्यक्रमका बिच प्रदेश नं ७ का प्रदेश प्रमुख मोहन राज मल्लले सोमबार उद्घाटन गर्नुभएको थियो ।

फुटवल प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला बनाउने र मौलाउँदै गएको लागु औषधि तथा दुव्र्यसन वाट जोगाएर युवाहरुलाई खेल तर्फ आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा सुरु भएको प्रतियोगितामा आज दिउँसो सुदुरपश्चिम ११ बी र स्पीड युथ रामपुर बिच खेल संचालन हुने आयोजकले जनाएको छ।