गौरिगङ्गा गोल्ड कप : जानकी गाउपालिका ,साहारा क्लब र सुदुर पश्चिम् ११ बिजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गौरिगङ्गा गोल्ड कप : जानकी गाउपालिका ,साहारा क्लब र सुदुर पश्चिम् ११ बिजयी



हिमाल पोस्ट 
सुुुखड , कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा बिहिवार ३ बटा खेल सम्पन्न भएका छन् ।

बिहान भएको कैलारी गाउँपालीका र जानकी गाउँपालीका बिच भएको खेल २/२ गोलको बराबरी भए पछि पेनाल्टीमा जानकी गा.पा. ४–३ ले विजयी भएको छ ।

त्यस्तै दिउसो २ बजे भएको साहारा युवा क्लव पहलमानपुर र एस.बी.वाई.सी.क्लब बौनिया बिचको प्रतिस्पर्धामा साहारा युवा क्लब ४–० ले विजयी भएको छ । साहाराको जितमा काल्र्स बखरीयाले ह्याटीक गरेका थिए भने सुजीत बुढाथोकीले १ गोल गरेका थिए ।

साथै आज साझ ६:३५ बजेको अन्तिम खेल सुदुर पश्चिम ११ र धनगढी टेक्नीकल कलेज बिच भएको थियो । खेलमा धनगढी टेक्नीकल कलेजले आत्मघाती १ गोल उपहार दिदा सुदुरपश्चिम १–० ले विजयी भएको छ ।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक  गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।