गौरीगङ्गा गोल्ड कप : एपीएफ फाइनलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गौरीगङ्गा गोल्ड कप : एपीएफ फाइनलमा



घनश्याम पौडेल

मसुरीया ,कैलाली । यहि चैत्र २६ गतेदेखि कैलालीको मसुरीयामा सुरुभएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिता अन्तरगत  सेमीफाईनलको पहिलो खेल सम्पन्न भएको छ । आज भएको सेमीफार्ईनल खेलमा शस्त्र प्रहरी बल (एपीएफ) विजयी हुदै फाईनलमा प्रबेश गरेको छ ।

सुदुर पश्चिम ११ (वि)लाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफ फाईनलमा पुगेको छ । एपीएफको जितमा मोहन आलेले पहिलो हाफको ४० मिनेटमा १ गोल र दोस्रो हाफको ३१ मिनेटमा भुपेन्द्र बमले १ गोल गरेका थिए ।आजको खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक प्रितम खड्का भएका छन । सुदुर पश्चिमको लगातारका ४ बटा प्रहारको खड्काले उत्कृष्ठ बचाउ गरेका थिए ।

यो जितसगै एपीएफ फाईनलमा प्रबेश गरेको छ । फाईनलमा एपीएफले भोली हुने साहारा युवा क्लव र जानकी गाउँपालिका बिचको विजेतासँग खेल्ने छ ।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको  प्रतियोगिता  विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक  गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । फाईनल खेल बैशाख ४ गते हुने छ ।