गौरिगङ्गा गोल्ड कप : फाइनलमा एपीएफ र जानकी गाउँपालिका भिड्दै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गौरिगङ्गा गोल्ड कप : फाइनलमा एपीएफ र जानकी गाउँपालिका भिड्दै



हिमाल पोस्ट
सुखड ,कैलाली ।
यहि चैत्र २६ गतेदेखि कैलालीको मसुरीयामा सुरुभएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार हुने फाइनल खेलमा जानकी गाउँपालिका र विभागिय टोली एपीएफ(APF) उपाधिका लागि लड्ने भएका छ्न ।

सोमबार भएको सेमिफाइनल खेलमा जानकी गाउँपालिकाले सहारा युवा क्लब पहलमानपुरलाई हराउदै फाइनलमा प्रवेश गरेको हो ।

आज भएको प्रतियोगिता गोल रहित बराबरीमा सकिए पछि पेनाल्टीमा जानकी गाउपालिका ५ -४ ले सहारालाइ हराउदै बिजयी भएको हो । आज म्यान अफ द म्याच जानकी गाउपालिकाका टिम क्याप्टेन शाहील बिष्ट भएका छन्।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको  प्रतियोगिता  विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक  गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।