गौरिगङ्गा गोल्ड कपको उपाधी एपीएफलाई - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गौरिगङ्गा गोल्ड कपको उपाधी एपीएफलाई



मसुरीया ,कैलाली । कैलालीको मसुरीया चैत्र २६ गते बाट सुरु भएको प्रादेशिक स्तरीय गौरीगंगा कप फुटवल प्रतियोगिता उपाधी एपीएफले जितेको छ । जानकी गाउपालिकालाई ४ -० गोल अन्तरले पराजति गदै एपीएफले उपाधी कब्जा जमाएको छ। एपीएफको जितमा कमल देउवाले ह्याटीक गरेका थिए भने बाादल पाख्रीनले १ गाोल गरेका थिए । जित सङ्गै एपीएफले २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । विजेता एपीएफलाई कैलाली क्षेत्र नं ४ का माननिय प्रतिनिधि सभा सदस्य लेखराज भटटले पुरस्कार प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गर्नु भएको थियो ।

उप विजेता जानकी गाउपालिकाले नगद १ लाख पुरस्कार हात पारेको छ । उप बिजेतालाई धनगढी उप महानगर पालिकाका मेयर निप बहादुर ओड र गौरीगंगा नगरपालिकामा मेयर भिम बहादुर देउवाले संयुत्त रुपमा ट्रफी प्रदान गनु भएको थियो । नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगीतामा १४ बटा टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफका कमल देउवा भए उनले नगद २५ हजार प्राप्त गरेका थिए । उत्कृष्ट गोलरक्षक एपीएफका प्रितम खड्का, मिडफिल्डर जानकीका मिलन रेग्मी, सर्वाधिक गोलकर्ता सुदुर पश्चिम ११ ‘वि’ का माधव भण्डारी र रक्षक जानकीका शाहिल विष्ट भएका छन् ।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा प्रतियोगीता सम्पन्न भएको हो । फुटवल प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला वनाउने र मौलाउँदै गएको लागु औषध तथा दुव्र्यसनवाट जोगाएर युवाहरुलाई खेल तर्फ आकर्षित गर्ने उद्देश्य राखिएको थियो ।

प्रतियोगिता गौरीगंगा–११ स्पोर्टस क्लवका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा सम्पन्न भएको थियो ।