गौरिगङ्गा गोल्ड कप : स्पीड युथ क्लव विरुद्ध सुदुर पश्चिम् को गोलको बर्षा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गौरिगङ्गा गोल्ड कप : स्पीड युथ क्लव विरुद्ध सुदुर पश्चिम् को गोलको बर्षा



विशाल पाण्डेय
सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं  ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा सुदुर पश्चिम ११ (बि) ले स्पीड युथ क्लव बेहडाबाबा रामपुरलाई १३ का विरुद्ध १ गोलले बिजयी भएको छ ।

खेलको पहिलो हाफमा ४-० र दोस्रो हाफमा ९ गोल गर्दै सुदुर पश्चिम् ११ (बि) ले फराकिलो जित हात पारेको छ  । सुदुर पश्चिम ११ (बि) का लागि १२ मिनेटमा माधब भण्डारीले गोल गर्दै  खाता खोलेका  थिए । सुदुर पश्चिम् का लागि भण्डारीले व्यक्तिगत ९ गोल गरेका थिए । त्यस्तै चेतन चौधरीले २ ,  जिवन चौधरी र महेश चन्दले १/१ गोल गरेका थिए भने सुदूरपश्चिम ११ का विजय सिंहले आत्मघाती १ गोल गरेका थिए । खेल पुर्णरुपमा  सुदूरपश्चिमको नियन्त्रण रहेको थियो ।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो।

गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक  गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १४ टिमको सहभागीता रहेको आयोजकले बताएको छ ।