वामदेव उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

वामदेव उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्ने भएका छन् । यसबारे आइतबार बसेको सचिवालय बैठकमा समेत छलफल गरी निर्णय गरिएको जनाइएको छ ।

प्रधानमन्त्रीले पार्टीका मुख्य नेताहरुसँग पहिलेनै छलफल गरी यसको तयारी गरेका थिए । एक वा दुई दिनमै पुनर्गठन गरिने बताइएको छ ।

पुनर्गठनमा भने वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । गौतमलाई गृह या अर्को कुनै शक्तिशाली मन्त्रालय दिएर उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने ओलीको चाहना छ ।

यसैगरी, ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयमा लाने तयारी गरेका छन् । पौडेललाई उक्त मन्त्रालयमा लगेर आफ्नो प्रमुख सहयोगीका रुपमा अगाडि बढाउने ओलीको तयारी रहेको बुझिएको छ ।

मन्त्रिमण्डलमा केही मन्त्रीहरुले भने निरन्तरता पाउने बुझिएको छ ।

प्रधानमन्त्री ओली मृगौला फेर्न अमेरिका जाने भएकाले यो सबैकाम छिट्टै सकाउने उनको तयारी छ ।