जनताको अरबौं रुपैयाँ कुम्ल्याएर सहकारीका सञ्चालक फरार भएपछि… - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जनताको अरबौं रुपैयाँ कुम्ल्याएर सहकारीका सञ्चालक फरार भएपछि…



काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेका छन्। बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् ।

आइतबार विभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् ।

सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएता पनि सबै फरार रहेको र बचतकर्ताहरुको रकम फिर्ता नगरेको पीडितहको भनाइ छ ।

बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जीतले बताए। आफूहरुले प्रमाणसमेत राखेर उजुरी गरेको भन्दै विभागले न्याय गर्ने उनको भनाइ छ ।

सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन् ।

सहभागीले विभागले विभागको चल अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।